बेलायतको अर्थ व्यवस्थामा अनुमान गरिए भन्दा बढी नोक्सान



प्रकाशित मिति : Jun 30, 2020

एजेन्सी, १६ असार । बेलायतको अर्थव्यवस्थामा अनुमान लगाइएको भन्दा बढी नोक्सान भएको जनाइएको छ ।जनवरी र मार्चको बीचमा ब्रिटेनको अर्थव्यवस्थामा पहिला गरिएको अनुमान भन्दा धेरै नोक्सान भएको तथ्यांक बाहिर आएको छ । त्यहाँको अर्थव्यवस्था २।२ प्रतिशतले संकुचित भएको बीबीसीमा उल्लेख छ ।

जुन सन १९७९ बाट अहिलेसम्मको सबैभन्दा ठूलो नोक्सान भएको बताइएको छ । अफिस अफ नेशनल स्टैटिस्टिक्सले पहिला २ प्रतिशत कमि आउने अनुमान लगाएको थियो। मार्च महिनामा बढी आर्थिक झट्का लागेको तथ्यांक बाहिर आएको छ ।

त्यो समय कोरोना महामारीको प्रभाव पर्न सुरु भएको थियो । अर्थव्यवस्था घटेको सम्बन्धी तथ्यांकहरु बेलायतका प्रधानमन्त्री जोनसन बोरिसले गरेको भाषण भन्दा पहिला आएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com