मुकुण्डो लगाएर आएको एक समूहद्वारा वडा अध्यक्षमाथि कु’टपिट, त्यसपछि कालोमोसो दल्ने प्रयास



प्रकाशित मिति : Jun 30, 2020
  • सुरेश श्रेष्ठ,

दाङ, १६ असार । दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि एक समूहले कु’टपिट गरेको छ ।

वडा कार्यालयको आफ्नै कार्यकक्षमा बसिरहेका वडा अध्यक्ष डाँगीलाई मंगलबार करिब साढे ११ बजे मुकुण्डो लगाएकार आएको एक समूहले कु’टपिट गरेको दाङका प्रहरी प्रवक्ता एवं डीएसपी सुमित खड्काले जानकारी दिए ।

डीएसपी खड्काका अनुसार चार–पाँच जनाको समूहले वडाध्यक्ष डाँगीमाथि लाठी प्रहार गर्दा उनको टाउको र हातमा चोट लागेको छ । उनीहरुले वडाध्यक्ष डाँगीलाई कु’टपिट गर्नुका साथै कालोमोसो दल्ने प्रयास समेत गरेका खड्काको भनाइ छ ।

घाइते वडाध्यक्ष डाँगीलाई उपचारका लागि तुल्सीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष डाँगीमाथि कसले र कुन समूहले किन आ’क्रमण गरेको हो ? भन्नेबारे खुल्न नसकेको र आ’क्रमण गर्ने समूहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com