रक्तदान कार्यक्रमको आयोजना गरी मेलवर्नमा २६४४ औं बुद्ध जयन्ती मनाइयो



प्रकाशित मिति : Jun 30, 2020

मेलवर्न, १६ असार । मेलवर्नमा रक्तदान कार्यक्रमको आयोजना गरी २६४४ औं बुद्ध जयन्ती मनाइएको छ । लुम्बिनी कपिलवस्तु ग्लोबल क्याम्पेनले विगतका वर्षहरुमा पनि बुद्ध जयन्तीका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

यो वर्ष कोरोना महामारीका बीच पनि लकडाउन केही खुकुलो भएको कारण सामाजिक दूरी कायम गरी मेलवर्नको विभिन्न ठाउँबाट २६४४ औं बुद्ध जयन्तीको अवसरमा रक्तदान गरिएको हो ।

कोरोना संक्रमणका कारण सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले रक्तदानको लागि समय पाउन करीब एक महिना पर्खनुपर्ने भएको छ । त्यस्तै, प्राविधिक कारणले केहीले रक्तदान गर्न नपाएका हुनाले यस कार्यक्रमलाई बर्षभरी निरन्तरता दिइने जानकारी गराइएको छ ।

भगवान गौतमक बुद्धको जन्मस्थल विषयमा विस्वभर भ्रम सिर्जना भएको कारण यस अभियानले केही वर्षयता बुद्धको जन्म नेपाल भएकाले बुद्ध जन्मलाई आधार मानेर सोही अनुरुपको संख्यालाई वुद्ध जयन्ती मान्न अनुरोध गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com