१६ असार २०७७, मंगलवार

काठमाडौं, १६ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको बैठकमा पुन: कुर्सी विवादले निरन्तरता पाएको छ । बैठकको पहिलो दिन नै बरिष्ठ माधव कुमार नेपालले आफ्नो कुर्सी अघि सार्नुपर्ने भन्दै आसन पद्धतिको बिरोध गरेका थिए ।

स्थायी कमिटीको पहिलो बैठकमा दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई अग्लो मञ्चमा सुविधायुक्त बस्ने ब्यवस्था गरिएको थियो । त्यस्तै दुई बरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई दुई अध्यक्षको केही पछाडि र त्यो भन्दा पछाडि अन्य सचिवालय सदस्यहरुलाई उच्च स्थानमा बस्ने ब्यवस्था थियो । तर स्थायी कमिटीका सदस्यहरुलाई भने होचो स्थानको तल भूइँमा काठका कुर्सीमा राखिएको थियो ।

बैठकको दोस्रो दिन शुक्रबार विरोधका कारण दुई अध्यक्षहरु बस्ने विशेष सोफा हटाइयो अरुको समान कुर्सी राखियो । त्यसपछि तेस्रो दिनको शनिबारको बैठकमा केही छिन् उपस्थित हुनुभएका प्रधानमन्त्री अ‍ाेली पनि  सोही कुर्सीमा बसेर जानुभयो । तर आजको बैठकमा भने समानता देखाउदै दुई अध्यक्षसहित सबै सचिवालय सदस्यलाई तल भूईमा भारिएको छ ।

मञ्चको भुइँमै झारिएका प्रधानमन्त्री एवं अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरु नेपाल, खनाल र उपाध्यक्ष बामदेवलाई समान लहरमा राखिएको छ । त्यस्तै बाँकी सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेललाई स्थायी कमिटी सदस्यहरुकै लहरमा राखेर बैठक संचालन भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV