आज संसद दिवस, सभामुख र राष्ट्रिय सभाध्यक्षद्वारा शुभकामना



प्रकाशित मिति : Jun 30, 2020

काठमाडाैँ, १६ असार । आज परेकाे संसद दिवसकाे अवसरमा संघीय संसदका दुवै सदनका प्रमुखले शुभकामना अर्पण गर्नुभएकाे छ। राष्ट्रिय सभाध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकाेटाले संयुक्त रूपमा शुभकामना सन्देश जारी गर्नुभएकाे हाे ।

सन्देशमा भनिएकाे छ- ‘विगत लामाे समयदेखि लाेकतान्त्रिक परिपाटीकाे स्थापनाका लागि अाफ्नाे जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति श्रद्धा अर्पण गर्दै विभिन्न संघर्षका क्रममा बेपत्ता, घाइते तथा अंगभंग हुनुभएका याेद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछाैँ ।’

नेपालकाे प्रजातान्त्रिक इतिहासमा पहिलाे संसदीय निर्वाचनसँगै विसं. २०१६ असार १६ गतेका दिन विधिवत रूपमा नेपालमा पहिलाे संसद वैठक प्रारम्भ भएकाे थियाे । साेही स्मरणमा प्रत्येक वर्ष असार १६ का दिन संसद दिवस मनाउने गरिन्छ ।

विगतका वर्षहरूमा संसद दिवसका दिन विभिन्न औपचारिक कार्यक्रम गरिँदै आए पनि यस वर्ष विश्वव्यापी कोरोना महामारीका कारण कुनै औपचारिक कार्यक्रम नराखिएको समेत सोही सन्देशमार्फत जानकारी गराइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com