परिवार सवार जीप दुर्घटनाग्रस्त हुँदा आमा र छोराको मृत्यु



प्रकाशित मिति : Jun 30, 2020
  • केदार शर्मा

चितवन, १६ असार । नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर २९ सत्र किलोमा स्करपियो र ग्यास बुलेट सोमबार साँझ एकआपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।

दुर्घटनामा मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा कृष्ण धितालको परिवार सवार जीप दुर्घटना हुँदा धितालकी श्रीमती र छोराको मृत्यु भएको हाे ।

सोमबार साँझ मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा धितालकी श्रीमती प्रभा गौतम र छोरा अनुजको मृत्यु भएको हो । स्कर्पियो जीपमा काठमाडौँबाट हेटौँडातर्फ जाने क्रममा भारतीय ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।

प्रभाको सोमबार साँझ र धितालको आज विहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउदै गरेको बा १३ च ५९२९ नम्बरको स्करपियो र विपरित दिशाबाट आउँदै गरेको एन एल ०१ क्यु ५१०६ नम्बरको ग्याँस बुलेट एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com