अभिनेत्री साम्राज्ञीको खुलासा, ‘पाइला पाइलामा महिला हुनुको पीडा भोग्नुपर्छ’



प्रकाशित मिति : Jun 29, 2020

काठमाडौं, १५ असार । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा पनि फिल्मको दौरानमा महिला कलाकारमाथि हुने गरेका दुव्र्यवहारको घटनाहरु सार्वजनिक हुन थालेका छन् । यही क्रममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले सामाजिक सञ्जालमा आफूमाथि दुव्र्यवहार भएको खुलासा गरेकी छिन् ।

बलिउडमा शुसान्त राजपुतको आत्महत्यापछि भारतमा उनको बारेमा विभिन्न आरोपप्रत्यारोपहरु चलिरहेका छन् । फिल्म क्षेत्रकै कलाकारहरुको दुव्र्यवहारका कारण उनले आत्महत्या गर्न बाध्य भएको भन्ने खबरहर बाहिरिए ।

यसै समयमा अभिनेत्री सामाग्रीले आफूले काम गरेकी केही फिल्महरुमा आफूमाथि दुव्र्यवहार भएको बारेमा सार्वजनिकरुपमा नै खुलासा गरेकी छिन् ।

साम्राज्ञीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको उक्त भिडियो बारे केही समयपछि अभिनेता, निर्माता भुवन केसीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेका छन्, “खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी ।”

 

भुवन केसीको स्टाटसपछि साम्राज्ञीले त्यसको जवाफ पनि दिएकी छिन् । उनले भिडियो मार्फत भनिन्, “जुन थालमा खाने त्यही थालमा दुलो पार्ने भन्ने मान्छे उहाँले मलाई त्यस्तो व्यवाहार नगरेको भए यो अवस्था कहिले पनि आउदैनथियो । यो अवस्था आएको पनि उहाँकै कारण हो ।”

उहाँले कति जनालाई त्यस्तो व्यवहार गर्नुभयो त्यो मलाई थाहा छैन भन्दै आफूले भने त्यस्तो अवस्थाको सामना गर्नुपरेको बताएकी छन् ।

उनले जापानमा वल्र्ड फङसन हुँदा पनि आफूमाथि दुव्र्यवहार भएको बताएकी छिन् । उनले त्यस्तो पुरानो कुराहरु नगर भन्दै आफुलाई सम्झाएको पनि खुलाएकी छिन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com