१५ असार २०७७, सोमबार
  • शितल भट्ट,

कञ्चनपुर, १५ असार । आइतबार कृषि ज्ञान केन्द्र महेन्द्रनगरको कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले नियन्त्रणमा लिएको छ ।

कृषि अनुदान वितरणमा अनियमितता भएको उजुरीपछि अख्तियारको टोलीले ज्ञान केन्द्रका कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर प्रमुख महेश पाण्डेले जानकारी गराए ।

अख्तियार प्रमुख पाण्डेले उजुरीपछि कृृृषि अनुुुदान वितरण सम्बन्धी थप छानबिन गरिने बताए । यसरी पछिल्लोपटक अख्तियार प्रमुुख पाण्डेले भ्रष्टाचार अनियमितता रोकथाम तथा न्यूनीकरणका लागि सुदूरपश्चिममा आफ्नो सक्रियता बढाएसँगै उजुरी सम्बन्धी कागजात नियन्त्रणमा लिने क्रम जारी रहेको छ ।

अख्तियार कञ्चनपुरको सक्रियता देखेर स्थानीय तहमा हुने गरेको भ्रष्टाचारमा केही हदसम्म भएपनि कमी आएको महशुस गर्न सकिन्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर प्रमुख महेश पाण्डे

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले उजुरीका आधारमा स्थानीय तहका कागजात धमाधम थुत्न थालेपछि सर्वसाधारण एवं सरोकारवालाहरुले कञ्चनपुर अख्तियार प्रमुख पाण्डेको खुुलेरै प्रसंसा गर्न थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV