इरानद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पसहित ३० जनाविरुद्ध प’क्राउ पूर्जी जारी



प्रकाशित मिति : Jun 29, 2020

एजेन्सी, १५ असार । इराकको राजधानी बग्दादमा गरेको हमलाको सम्बन्धमा इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित ३० जना बिरुद्ध प’क्राउ पूर्जी जारी गरेको छ । इरानले यही वर्षको जनवरीमा इराकको राजधानी बग्दादमा रहेका आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानीको ह’त्या आरोपमा ट्रम्पसहित ३० जना बि’रुद्ध प’क्राउ पुर्जी जारी गरेको बताइएको छ ।

समाचार संस्था एपीले इरानी अधिकारीहरुले राष्ट्रपति ट्रम्पलाई प’क्राउ गर्न इन्टरपोलसँग सहयोग माग्दै अनुरोध पठाएका उल्लेख गरेको छ । तर मुख्यालय फ्रान्सको लियोनमा रहेको इन्टरपोलले इरानलाई यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

इरानले पुर्जी जारी गरेको सूचीमा ट्रम्पबाहेक अन्य व्यक्तिको नाम खुलाएको छैन् । यद्यपि तेहरानका अभियोजनका अली अल्क्वासिमेरले अमेरिकी राष्ट्रपति ट्रम्पसहित ३० जनालाइ नै ह’त्या र आ’तंकवादको अ’भियोग लगाइएको बताएको छ ।

अल्क्वासिमेरले इन्टरपोलसँग उनीहरुमाथि रेड नोटिस जारी गर्नसमेत अनुरोध गरिएको बताइएको छ । ट्रम्प राष्ट्रपति पदबाट हटेपनि आफूहरु प’क्राउ गर्ने इरानी अभियोजनका अली अल्क्वासिमेरले दावी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com