१५ असार २०७७, सोमबार
  • तारा आचार्य

विराटनगर, १५ असार । धान उत्पादनका लागि उर्वर मानिएको प्रदेश १ मा २१ प्रतिशत मात्र रोपाई भएको कृषि विकास निर्देशनालय प्रदेश १ विराटनगरले जानकारी दिएको छ ।

गत बर्ष यहि समयमा १८ प्रतिशत धान रोपाई भएको थियो भने यस वर्ष मौसमले साथ दिएका कारण बढी रोपाइ भएको हो । प्रदेश १ मा ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ ।

प्रदेश १ का मध्य पहाडी जिल्लामा ९० हजार ९ सय १६ हेक्टर क्षेत्रफलमा हुदैं आएको धान खेतीमध्ये २९ प्रतिशत धान रोपाई भएको निर्देशनालयले जनाएको छ । उच्च पहाडी जिल्लाको सोलुखुम्बुमा सवै भन्दा बढी ६० प्रतिशत धान रोपाई भएको छ भने ताप्लेजुङमा १४ प्रतिशत रोपाई भएको सो निर्देशनालयले जनाएको छ ।

संखुवासभामा १० प्रतिशत ओखलढुङमा १७ प्रतिशत रोपाइभएको छ भोजपुरमा ४० प्रतिशत र धनकुटामा ४० प्रतिशत ,तेह्रथुममा ५० प्रतिशत,उदयपुरमा २० प्रतिशत, खोटाङमा ३० प्रतिशत रोपाइ भएको सो निर्देशनालयले जनाएको छ ।

यसैगरी असार १५ गते सम्ममा पाँचथरमा १७ प्रतिशत रोपाई भएको छ भने इलाममा १५ प्रतिशत रोपाई भएको छ ।

यसै गरी प्रदेश १ का सर्वाधिक धान उत्पादन हुने तराईका जिल्लाहरुमा झापामा ५ प्रतिशत, मोरङमा ३० प्रतिशत र सुनसरीमा २५ प्रतिशत रोपाई भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV