थप ४ सय ७६ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १३ हजार २ सय ४८ पुग्यो



प्रकाशित मिति : Jun 29, 2020

काठमाडौं, १५ असार । मुलुकमा थप ४ सय ७६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ७६ जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या १३ हजार २ सय ४८ पुगेको छ ।पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ७ सय ९१ जनाको परीक्षण भएको छ भने आरडीटी विधिबाट १ हजार ८ सय २२ जनाको परीक्षण गरिएको छ । पीसीआर विधिबाट हालसम्म कुल २ लाख २३ हजार ६ सय ३० जनाको परीक्षण सम्पन्न भएको छ भने आरडीटी विधिबाट हालसम्म कुल २ लाख ९७ हजार ८ सय ७१ को परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिनु भएको जानकारी अनुसार निको भएर डिस्चार्ज हुनेको पछिल्लो कुल संख्या ३ हजार १ सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ महिला र १ सय ८ पुरुषसहित कुल १ सय २१ जना डिस्चार्ज भएका छन् । यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ५७ हजार ३ सय ८६ रहेको छ भने आइसोलेसनमा १० हजार ८५ रहेका छन् ।

पछिल्लो २४ घण्टामा विराटनगर प्रयोगशालामा मोरङका १ जनामा संक्रमण देखिएको छ । गजेन्द्र नारायण सिंह अस्पताल राजविराज प्रयोगशालामा सप्तरीका १५ जनामा संक्रमण पुष्टि भएको छ । जनकपुर प्रयोगशालामा धनुषाका ६ जना, महोत्तरीका ४ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै नारायणी अस्पताल बीरगञ्जमा भएको परीक्षणमा पर्साका १ जनामा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परिक्षणमा बाग्लङका १४ जना, अर्घाखाचीँका २७, भक्तपुरका १, धनकुटाका १, गोरखाका ५, गुल्मीका २०, पाल्पाका १३ जना, पर्वतका १३, प्यूठानका ५, रौतहटका १६, रोल्पाका १, रुपन्देहीका ३, स्याङ्जाका ८, तनहुँका ९, र खोटाङका १ जनाका संक्रमण देखिएको छ । त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतामा धादिङका २, काठमाडौँका ४ जनामा कोरोना पुष्टि भएको छ ।

भरतपुर अस्पताल प्रयोगशालामा अर्घाखाचीँका ११ जना, चितवनका ४, कैलालीका १ र पाल्पाका १३ जनामा संक्रमण पुष्टि भएको छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा बाराका ३ जना, मकवानपुरका र रौतहटका १÷१ जनामा संक्रमण देखिएको छ । त्यस्तै धुलिखेल अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काभ्रेका १ जना संक्रमित थपिएका छन् । पाटन अस्पताल ललितपुरमा भएको परीक्षणमा काठमाडौ, रौतहट र ललितपुरका १÷१ जनाका संक्रमण पुष्टि भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा भएको परीक्षणमा काठमाडौँका १ जना, बाजुराका ६६ जनामा संक्रमण देखिएको छ । रुपन्देही प्रयोगशालामा भएको परीक्षणमा कपिलवस्तुका २ जना, रुपन्देहीका २ र प्यूठानका ४ जना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा डोल्पा र कालिकोटका २/२ जना थपिएका छन् ।

राप्ती विज्ञान प्रतिष्ठान दाङ प्रयोगशालामा दाङका ५८ जनामा संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाजुराका ३२ जना र रुकुम पश्चिमका १ जनामा संक्रमण देखिएको छ । त्यस्तै सेती प्रादेशीक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा कैलालीका २९ जना र डोटीका ६९ जना संक्रमित थपिएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com