१५ असार २०७७, सोमबार

एजेन्सी, १५ असार । जापानको टोकियोका आधा भन्दा बढी मानिसहरु सन् २०२० मा स्थगित भएको ओलम्पिक अर्को वर्ष २०२१ मा आयोजना हुन्छ भनेर विश्वास गर्न सकिरहेका छैनन् ।

एएफपीको रिपोर्टका अनुसार सोमबार एउटा सर्वेक्षण प्रकाशित गरिएको छ । जसमा टोकियोका धेरै मानिसहरु आयोजना हुने विश्वास गर्ने पक्षमा देखिएनन् । कोरोना भाइरसको खतरालाई ध्यानमा राख्दै ओलम्पिक अझ स्थगित हुनुपर्दछ वा पूर्ण रूपमा रद्द गर्नुपर्दछ भन्ने प्रश्नका साथ गरिएको सर्वेक्षण जापानका दुई समाचार संस्थाहरुले गरेका थिए ।

जुन एकल डाटा स्रोत हो । तर धेरै स्वास्थ्य विज्ञहरूले पनि चेतावनी दिएका छन् एक बर्ष बढे पनि सुरक्षित ढंगले खेलहरू खेल्न गाह्रो हुनेछ । सप्ताहन्तमा गरिएको सर्वेक्षणमा ५१.७ प्रतिशतले सन २०२१ खेल यात अगाडि बढ्ने वा रद्ध गर्ने आशा गरेका छन् भने भने, ४६.३ प्रतिशतको चाहना ओलम्पिक एकै समयमा होस भन्ने रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV