१५ असार २०७७, सोमबार
  • सुरेश श्रेष्ठ

दाङ ,१५ असार । महिलालाई ‘सर्वाङ्ग नग्न’ बनाएर बनाएर एक्सरे गरेको आरोपमा एकजना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । घोराहीको लुहासपुरस्थित गोरखा हस्पिटलमा छातीको एक्सरे गर्न पुगेकी घोराही १८ की एक महिलालाई ‘सर्वाङ्ग नग्न’ बनाएको आरोपमा सोही अस्पतालको रेडियो ग्राफिक्समा काम गर्ने नवराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो ।

दाङ प्रहरीका प्रवक्ता डीएसपी स्मित खड्काका अनुसार महिलाका श्रीमानले ती स्वास्थ्यकर्मीले आफ्नी श्रीमतीलाई छातीको एक्सरे गर्दा ‘सर्वाङ्ग नग्न’ बनाएको भन्दै उजुरी दिएका थिए ।
डीएसपी खड्काका अनुसार उजुरीमा छातीको एक्सरे गर्दा छातीको भागका कपडाका साथै कम्मर मुनी समेत कपडा खोल्न लगाएर ‘सर्वाङ्ग नग्न’ बनाएको उजुरी परेको छ । स्वास्थ्यकर्मीमाथि छानविन भइरहेको प्रहरीले जनाएको छ ।

उजुरी पछि बबई गाउँपालिका ५ का २२ बर्षका सोहि अस्पतालमा रेडियो ग्राफिक्समा काम गर्ने डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV