१५ असार २०७७, सोमबार
  • विवेक राई

भोजपुर, १५ असार । प्रतिनिधिसभा सांसद सुदन किराँतीले किसानलाई मल, वीउ, सिँचाई अभावले बसाई जानुको विकल्पमा सशक्त भएर जागृत हुनुपर्ने बताएका छन् । गृहजिल्ला भोजपुर आएका किराँतीले वर्तमान अवस्थामा मल, वीउ र सिँचाई अभावले जमिन बाँझिनाले कृषि क्षेत्रमा पुग्न गएको असरप्रति किसान नै आँफै जागरुक हुनुपर्ने बताएका हुन् ।

यतिबेला देशभर मलको हाहाकार मच्चिएको र मल नहुँदा सोचे अनुरुप किसानहरुले खेती गर्न सकेका छैनन् । खेतीको सिजनमा मलको अभाव खेपिरहेका किसानलाई सरकारले वेवास्ता गरेको सांसद किराँतीले बताउनुभयो । उहाँले भन्नुभयो – ‘कृषि प्रधान देशमा किसानलाई नै मल छैन । यसबारे सरकारले गम्भीरता लिएको छैन । मानो खाएर मुरी उब्जाउने बेला यस्तो समस्या छ । अब किसानले पनि बसाई जाने सोच्नुभन्दा यहिँबाट आवाज बुलन्द गर्नुपर्छ ।’

ठूला नेता, मन्त्री, उच्चपदका पदाधिकारीहरु वर्षमा एकदिन धान दिवसको फोटो खिचाउने, हिलो खेल्ने र बाँकी ३ सय ६४ दिन कृषि र किसानलाई बिर्सिने प्रवृतिले कृषिमाथि उकास्न नसकिएको उउहाँको भनाइ थियो । उहाँले भन्नुभयो ‘कृषिलाई प्राथमिकता नदिँदा भविष्यमा भोकमरी नआउला भन्न सकिन्न, जसले नेपाल जस्तो कृषिप्रधान देशमा खाद्य संकट आउनेछ।

गत वर्ष कुल १४ हजार ६ सय १९ दशमलब ७६ हेक्टर क्षेत्रमा गरिएको धान खेतीमा ३४ हजार ६ सय ९२ मेट्रिक टन उत्पादन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV