१५ असार २०७७, सोमबार
  • रामगोपाल तमखु

भक्तपुर , १५ असार । भक्तपुर नगरपालिका वडा नं. ४ गहिटीमा एक व्यक्ति मृत अवस्थामा फेला परेको छ । मृतकलाई ढु्ङ्गाले टाउकोमा हानेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

आज बिहान गहिटी स्थित जंगम मठमा रहेको पाटीमा हत्या गरी छाडिएका अवस्थामा वतन नखुलेको सोही स्थानमा फुटपाथमा जडिबुटी व्यापार गरी बस्ने अन्दाजी बर्ष ४५ को जडिबुटी उपनामले चिनिने कृष्ण तामाङ मृत अवस्थामा फेला परेको परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको टाउका, निधार र चिउडोमा चोट लागेको देखिएकोले कर्तब्य गरी मारिएको देखिएको जनाएको छ । तत्काल कर्तब्य गरी मारिएको देखिएकाले अभियुक्तहरुलाई खोेजतलास गर्ने क्रममा सोही स्थानमा ज्याला मजदूरी काम गर्ने सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका घर भएका बर्ष ३०को ईन्द्र बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङले आपसी विवाद हुँदा ढुँगाले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिनु भयो । हत्याको बास्तविकता बुझ्न तामाङलाई महानगरीय प्रहरी परिसर भक्तपुरमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV