१५ असार २०७७, सोमबार
  • दानबहादुर बुढा

मुगु , १५ असार । आज धान दिवस , देशभर किसानहरु धान रोप्नका लागि आफना खेतहरुमा विहानै व्यस्त रहेका बेला मुगुको एउटा गाँउमा रोपाई गर्न गोलाप्रथा गरिएको छ ।मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं ३ निगाले गाँउका स्थानीयहरुले गाँउ नजिक रहेको जिउलोमा कस्ले कुन दिन आफना खेतमा रोपाई गर्ने भनेर एकआपसमा चिठ्ठा९गोलाप्रथा० गरेका हुन । खेतमा रोपाई गर्नका लागि गत ६ गते नै गोलाप्रथा गरेपनि आज धान दिवशका दिन देखि आफुलाई परेको गते अनुसार धान रोप्न शुरु गरेको निगाले गाँउका स्थानीय गोकर्ण रोकायाले बताउनु भयो ।जिउलोमा रहेका ३०० बढी खेतहरुमा अगाडि रोपाई गर्न गाँउलेहरुले एक आपसमा भिडने र गाँउ सानो भएकाले रोपार,हली र गोरुको अभाव हुने भएकाले प्रतिष्पर्धा नहुने,जनशक्ति पनि उपलब्ध हुने भएकोले चिठ्ठा हाल्ने गरिएको अर्का स्थानीय जानदेवी रोकायाले बताउनु भयो । ४ बर्ष यताबाट रोपाई गर्न चिठ्ठा हाल्न थालिएपछि गाँउलेहरु आफनो पालो परेको दिनमात्र रोपाई गर्ने गर्छन । गोलाप्रथा अनुसार रोपाई गर्न थालिएपछि रोपाहा,खेताला,गोरु र पानीको अभाव हुने गरेको छैन भने गाँउलेहरु विच रोपाई कै विषयलाई लिएर झगडा हुने क्रम रोकिएको छ ।चिठ्ठामा रोपाई गर्ने महिना गते उल्लेख गरिएको हुन्छ जस्लाई जुन गते महिना पर्छ सोहि दिन मात्र आफना खेतहरुमा रोपाई गर्नुपर्ने हुन्छ । यो बर्षको चिठ्रठा हाल्ने काम भइसकेको र सोहि अनुसार सोमबारबाट निगाले जिउलोमा रोपाई शुरु भएको गाँउलेहरु बताउछन । जिल्ला सदरमुकामलाई बाहै महिना तरकारी उपलब्ध गराउने यो गाँउ जिल्लाका अन्य गाँउहरु भन्दा नमूना मानिन्छ ।यो गाँउमा जाने सरकारी तथा गैर सरकारी संघ सस्थाहरुको योजना तथा कार्यक्रम विना विवाद गाउँलेहरुको सहमतिमा पारदर्शीरुपमा सम्पन्न हुदै आएका छन । निगाले जिउलोमा धान,गहु,जौका अलावा यो बर्षबाट लसुन खेती गर्न थालिएको र यो बर्ष लसुन उत्पादन रामो्र भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV