१५ असार २०७७, सोमबार

काठमाडौं, १५ असार । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको लकडाउन खुकुलो पारेपछि आर्थिक वृद्धिदर बढ्दै गएको बताउनुभएको छ । नेपाल उद्योग परिसंघको १७ औं बार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री खतिवडाले अत्यन्तै बढी आर्थिक क्रियाकलापहरु हुने पछिल्ला ५ महिनामा लकडाउन गर्नु परेकाले अर्थिक वृद्धिदर घटेको तर लकडाउन खुकुलो पारेपछि अर्थिक बृद्धिदरले ट्रयाक लिदै गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सार्वजनिक निर्माण र व्यापार उच्च हुने समयमा कोरोना भाइरसको महामारीका कारण नेपालको आर्थिक स्थिति संकुचित हुँदा कुनै क्षेत्रमा नकारात्मक असर समेत पर्यो तर लकडाउन खुकुलो पारिदै आपछि अहिले आर्थिक वृद्धिदर बढ्दै छ ।’

उहाँले पहिलो प्राथमिकतामा अन्तर्राष्ट्रिय व्यापार बृद्धि भएको बताउनुभएको छ । पूर्ण लकडाउनका बेला नर्मल अवस्थामा हुे गरेकाे ब्यापारकाे मासिक २० प्रतिशत ब्यापार हुने गरेकोमा अहिले बढेर ८० प्रतिशत पुगेको बताउनुभयो । त्यस्तै भन्सार र आन्तरिक राजस्व पनि ८० प्रतिशत नै पुगेको तर पूर्ण १०० प्रतिशत पुग्न बाँकी रहेको बताउनुभयो ।

लकडाउनपछि रोकिएको विप्रेशण बढाउन बैदेशिक रोजगारीका लागि पनि बिस्तारै सुरक्षित ढङ्गले तयारी थालिएको उहाँको भनाइ छ । यद्यपि अन्य मूलुकमै रोजगारीको श्रृजना भएकाले नेपालमा अन्य मुलुकबाट अपेक्षाकृत रुपमा रोजगारीका लागि नआएको मन्त्री खतिवडाले बताउनुभयो ।

नेपालमा लडकडाउन भएतापनि बिदेशी मुद्रा भने उल्लेखनीय जम्मा भएको बताउनुभयो । उहाँँले जेठ महिनामा मात्रै एक खर्ब रेमिट्यान्स जम्मा भएको बताउनुभयो । सामान्य अवस्थामा औसतमा ७० \७५ अर्ब हरेक महिना जम्मा हुने गरेको थियो । त्यस आधारमा लकडाउन भएतापनि २५ अर्ब बढी बिदेशी मुद्रा जम्मा भएको मन्त्री खतिवडाको भनाइ छ ।  यसको प्रभावले बैंकहरु लगानीका लागि तयार रहेको र बैकहरुको ब्याजदरसमेत घटिरहेको स्पष्ट पर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV