१५ असार २०७७, सोमबार
  • सुरेश भट्ट

कञ्चनपुर, १५ असार ।  प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नक्कली सवारी दर्ता किताब बनाएर यातायात कार्यालयका कर्मचारीसँग मिलोमोतो गरी फर्जी कागजात बनाउने एक गिरोहलाइ पक्राउ गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरी ८ मोटरसाइकलसहित फर्जी कागजात बनाउने १२ जनाको एक गिरोहलाइ सार्वजनिक गरेको हो ।

कञ्नपुरमा चोरी र ठगीका घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक विशेष अप्रेसन टोली बनाएर अहिले चोरी र ठगी गर्ने सबैलाइ प्रक्राउ गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक (एसपी) मुकुन्द मरासैनीले जानकारी दिनुभएको छ ।

चाेरी गरेका ८ मोटरसाइकल प्रहरीकाे नियन्त्रणमा तथा र १२ जना मानिस अहिले प्रहरीको हि’रासतमा रहेका छन् । जसमा दुइजना यातायात व्यवस्था कार्यालय धनगढीमा कार्यरत कर्मचारी समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV