१५ असार २०७७, सोमबार
  • नन्दराम खड्का

रोल्पा, १५ असार । ३ दिनदेखि विद्युत लाइन अवरुद्ध हुँदा दक्षिण रोल्पामा जनजीवन कष्टकर बनेको छ। दाङको घोराहीदेखि रोल्पाको होलेरी हुँदै पूरै दक्षिण रोल्पा जोडिएको विद्युत लाइन ३ दिनदेखि अवरुद्ध रहेको छ।

घोराही उपमहानगरपालिका १९ स्थित बगाले भन्ने ठाँउमा विद्युतकाे खम्बा शनिबार पहिरोले तानेपछि विद्युत सेवा अवरुद्ध भएको हो।लगातार ३ दिनदेखि विद्युत सेवाबाट अवरुद्व भएपछि अहिले दक्षिण रोल्पाका जनताहरुका मोबाईल फोन समेत बन्द भएकाले सुचना आदानप्रदान गर्नबाट वञ्चित हुनु परेको गुनासो गर्न थालेका छन्।

विद्युत अभावकै कारण सम्पूर्ण कार्यालयहरुमा ईन्टरनेटबाट हुने काम रोकिएको छ। मिल समेत बन्द भएपछि कुटानी-पिसानी समेत रोकिएर दैनिकी चलाउन गाह्रो हुन थालेको स्थानियहरुको भनाइ छ।

त्यस्तै स्थानीय रेडियो लगायतका सञ्चार माध्यमहरु समेत बन्द अवस्थामा छन्। विद्युत प्राधिकरण होलेरीले बिजुलीकाे खम्बा पहिरोले तानेर पुर्ण रुपले ढलेको हुँदा पुनःस्थापना गर्न अझै २-३ दिन लाग्न सक्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV