थाइल्याण्डबाट फर्केपछि पूर्व युवराज्ञी हिमानी शाह क्वारेन्टाइनमै, टिकटक भिडियो भने अझै चर्चामा (भिडियो)



प्रकाशित मिति : Jun 29, 2020

काठमाडौं, १५ असार । मुलुकमा गणतन्त आएपछि राजपरिवारका सदस्यहरु पनि आम जनता सरह जीवनयापन गर्दै आएका छन् । यद्धपि पूर्व राजसंस्थाका सदस्यहरुको गतिविधि भने अझै पनि आम नेपालीको चासोको विषय बन्दै आएको छ । उनीहरुको गतिवधिदेखि लिएर हरेक क्रियाकलपाप्रति धेरै नेपालीबाट टिकाटिप्पणी पनि हुने गरेको छ ।

केही समय अघि पूर्व युवराज्ञी हिमानी शाहको आफ्ना दुई छोरीहरुसहितको टिकटिक भिडियो सार्वजनिक भएपछि अहिले पनि त्यो भिडियोलाई लिएर चर्चा परिचर्चा हुँदै आएको छ । पूर्व राजा ज्ञानेन्द शाह स्वयम पनि आफ्नी बुहारी र छोरीहरुसहित ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा गरेको नाचगानको विषय लामो समय चर्चाको विषय बन्यो ।

थाइल्याण्डमा अध्ययनरत छोरीहरुलाई भेटन जाँदा लकडाउनले उतै थुनिनु भएकी पूर्व युवराज्ञी हिमानी शाहले लामो समयको बसाईलाई रचनात्मक बनाउने प्रयासमा सार्वजनिक गरेको टिकटक भिडियो अझै पनि नेपाली समाजमा चर्चाको विषय बनेको छ ।

उक्त भिडियो पूर्व युवराज पारस शाहले पनि ‘मेरो परिवार ’ भनेर आफ्नो सामाजिक सञ्जालमा शेयर गर्दा पारस र हिमानीको सम्बन्ध चिसिएको छ भन्नेहरुलाई गतिलो जवाफ मिलेको थियो ।

थाइल्याण्डबाट फर्किएपछि आफ्नो पुत्र हृदयेन्द्रसहित अझै नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइनमा रहनु भएकी शाह अझै केही दिन क्वारेन्टाइनमा रहनु हुने बताइएको छ । उहाँ रहनु भएको क्वारेन्टाइनको बारेमा भने कुनै औपचारिक जानकारी अझै सार्वजनिक गरिएको छैन । नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप क्वारेन्टाइन बसाई पछि निवास फर्केपछि पनि तत्काल उहाँ सार्वजनिक गतिविधिमा संलग्न नहुने बताइएको छ ।

हिमानी ट्रष्टको स्थापना गरेर सामाजिक कार्यमा समर्पित भएपछि नेपाली समाजमा छुट्टै छवि बनाउन सफल शाहले आम नेपाली जनता सरह सार्वजनिक गतिविधिमा संलग्न बन्दै जाने चाहना प्रकट गरेको प्रष्ट भइसकेको छ ।

मुलुक केही विषम परिस्थितिमा रहेको कारण पनि तत्काल कुनै सार्वजनिक गतिविधिमा देखिने चाहना पूर्व युवराज्ञी शाहको नरहेको उहाँ निकट स्रोत बताउछ ।

यता उहाँ र उहाँका छोरीहरुकोसहितको टिकटक भिडियो भने अझै पनि नेपाली समाजमा हेरिने र रोजाईको भिडियो बनेको छ । जुन थाइल्याण्डमा बनाइएको थियो । त्यही भिडियो एक पटक पुनः हामीले दोहोर्याएका छौ । (भिडियाे)

छोरी पूर्णिकासहित पूर्व युवराज्ञी हिमानी शाहको ‘डान्स’ भाइरल बन्दै |

सामाजिक कार्यमा सक्रिय रहँदै आएकी पूर्व युवराज्ञी हिमानी शाहको डान्स टिक–टकमा भाइरल बनिरहेरको छ । छोरी पूर्णिका शाहको टिक–टक अकाउन्टमा बनाइएको उक्त भिडियोमा पूर्व युवराज्ञी हिमानी शाह आफ्नो छोरीसँगै डान्स गरिरहेको देख्न सकिन्छ । उनीहरुले ‘गुराँसको फेद मूनी’ गीतमा टिक–टक भिडियो बनाएका हुन्, जुन अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannelWEBSITE : WWW.NEWS24NEPAL.TV#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Posted by News24 Nepal on Monday, June 8, 2020

@kriii_shah

Thank you so much 1k!! Say hi to Mamu!!!

♬ Nepali Ho – Prashant Tamang


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com