१५ असार २०७७, सोमबार

एजेन्सी, १५ असार । डेनमार्ककी प्रधानमन्त्री मेत्ते फ्रडरिक्सनको बिवाह पटक पटक तय हुँदै रोकिदै आएको छ । जुलाई १७ र १८ तारिखमा बिवाह मिति तेस्रो पटक तय भएको थियो । तर यो तेस्रो पटक तय गरिएको मितिमा पनि उहाँको बिवाह नहुने पक्का भएको छ ।

यो मितिमा प्रधानमन्त्री मेत्ते फ्रडरिक्सन युरोपेली संघ (ईयू) को बैठकमा सहभागी हुनुपर्ने कारणले बिवाह स्थगित भएको हो । यसअघि कोरोना भाइरस अर्थात कोभिड १९ को कारण दुईपटक सम्म बिवाह रोकिएको थियो ।

उहाँले गज्जबको मानिससँग बिवाह गर्न आतुर रहेको तर समयको प्रतिकुलताका कारण जुलाईको एक शनिबार तोकिएको बिवाह पनि स्थगित गर्नु परेको बताउदै  फेसबुकमा आफ्नो र हुनेवाला श्रीमान मंगेतर बो को फोटो पोष्ट गर्नु भएको छ ।

उहाँले डेनमार्कको हितका लागि काम गर्नु पर्ने बताउदै बिवाह तय भएकै दिन ब्रसेल्समा हुने इयूको बैठकमा भाग लिनुपर्ने बताउनु भएको छ । १७ देखि १८ जुलाईमा आयोजना हुने युरोपेली परिषद्को बैठकमा ईयूका २७ वटा सदस्य राष्ट्रका प्रमुखले भाग लिँदै छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV