१५ असार २०७७, सोमबार

काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले सामाजिक संजालमार्फत् प्रश्न गर्नुभएको छ। आफूलाई प्रधानमन्त्रीबाट हटाउन देशभित्र र बाहिरबाट चलखेल भएको प्रधानमन्त्री ओलीको दावीलाई लिएर पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक संजाल ट्वीटर मार्फत ‘हटाउने समय कहिले हो ?’ भन्ने प्रश्न गर्नुभएको  छ ।

हिजाे आइतबार जबजका प्रवर्तक मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउने खेल सुरु भएकाे बताउनुभएकाे थियाे ।

भट्टराईले बहुमत प्राप्त दलका प्रधानमन्त्रीलाई हटाउने प्रावधान सजिलो नभएको भन्दै नेकपाभित्रको विवादको विषय भएको संकेत गर्नुभएकाे छ ।

‘बहुमत प्राप्त प्रधानमन्त्रीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन तर अहिले हटाए नक्सा छापेको करणले हुने भोलि सलहले दुख दिएको बेला हुने ? पछि बाढीपहिरो आएको बेला हुने ? अलिपछि दसैं तिहारको बेला हुने ? अनि जाडोको बेला हुने ? उचित बेला चाहिँ कैले रच हँ ?’  भट्टराईले ट्विटमा लेख्नुभएकाेक छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV