१४ असार २०७७, आईतवार

एजेन्सी, १४ असार । युरोपियन युनियनका धेरै सदस्यहरूले कुन मुलुकका वासिन्दाले आफ्नो देशमा आउन पाउने र आउन नपाउने भन्ने सम्बन्धमा सुरक्षित गैर यूरोपियन देशहरूको सूची जारी गरेका छन् ।सूचीमा समावेश राष्ट्रका मानिसहरु जुलाई १ देखि यूरोपियन युनियन र शोंगान क्षेत्रमा आउन सक्षम हुनेछन्। अमेरिकी नागरिकलाई भने यो सुविधा दिइएको छैन । जबकि अष्ट्रेलिया र क्यानडाका मानिसहरु युरोपका बिभिन्न देशहरूमा आउन सक्षम हुनेछन्।

चीनका जनतालाई पनि विशेष सर्तमा भ्रमण खुला गर्न सक्ने बताइएको छ,जस्मा युरोपियन युनियनप्रति चीनको धारणा खुल्ला र प्रष्ट हुनुपर्नेछ । युरोपियन युनियनले बेलायतका जनतालाई पनि भ्रमण खुल्ला भएको बारेमा चाँडै घोषणा गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV