१४ असार २०७७, आईतवार

एजेन्सी, १४ असार । ब्राजिलका राष्ट्रपति जेर बोल्सोनेरोलाई संघीय न्यायाधीशले सार्वजानिक स्थलमा मास्क लगाएर मात्र हिँड्न आदेश दिएको छ ।

यसको पालना नगरेमा उनीमाथि जरिवाना समेत हुन सक्ने सोमबारको सुनवाइमा न्यायाधीश रेनाटो बोरेर्लीले चेतावनी दिएका हुन् ।यसमा उनले नियमको उल्लंघन गरे प्रति दिन झन्डै ३८६ डलर बराबरको जरिवाना हुने उक्त आदेशमा उल्लेख गरिएको छ । यसरी उनी सहित सबै सरकारी अधिकारीहरुमा यो लागू हुने भनिएको हो ।

यसअघि संघीय सरकारले कोरोना भाइरस नियन्त्रणका निम्ति अप्रिल ३० देखि नै सार्वजनिक स्थलमा सबैका लागि मास्क अनिवार्य गर्ने नियम जारी गराएको थियो । तर राष्ट्रपति बोल्सोनेरो भने थुप्रैपटक सार्वजानिक स्थलमा मास्क नलगाइ उपस्थित भएका छन् ।

आफ्नो समर्थकहरुसँग र्यालीमा जाँदा समेत उनले मास्कको प्रयोग गरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV