पहिला रिपोर्ट नेगेटिभ पछि पोजिटिभ, घर पठाइएको व्यक्तिमा संक्रमण देखियो 



प्रकाशित मिति : Jun 28, 2020
  • विनय तिम्सीना,

इलाम, १४ असार । इलामको माई नगरपालिकामा आईताबार एक जनामा कोरोना पोजिटिभ भेटिएको छ । भारतको गुजरातबाट आएका माई–३,बरपानीका २५ बर्षीय युवामा कोरोना पुष्टि भएको स्वास्थ्य प्रमुख पुष्कर कट्टेलले जानकारी दिनुभयो ।

गत असार ४ गते भारतको गुजरातबाट आएका उनको असार ९ गते पीसीआर परीक्षण गरिएको थियो । गरुवा बहुमुखी क्याम्पस माईमा रहेका १४ जना र फ्रन्टलाईनका २४ जना गरी ३८ जनाको शनिबार विराटनगरको ल्यावमा पीसीआर परीक्षण गरिएकोमा सवैको रिपोट नेगेटिभ आएको जानकारी आएको थियो ।

तर विहान विराटनगर ल्यावले एकजनामा कोरोना पोजिटिभ रहेको जनकारी गराएको थियो । कोरोना पोजिटिभ आउनेमा माइनगरपालिका ३  बरपानीका २५ वर्षीय युवा रहेको र उनको रिपोर्ट अघिल्लो दिन विराटनगरबाट नेगेटिभ पठाएकोले उनलाई शनिबारनै आफ्नो घर पठाईएको थियो ।

आइतबार फेरि पोजिटिभ खवर आएपछि उनलाई आजै गोठगाँउ कोरोना अस्पताल लगिएको छ । यसै बिच उनीसंगै गुजरातबाट आएका माई १० का २६ बर्षीय पुरुषलाई पनि पीसीआर नेगेटिभ आए पनि थप परीक्षणका लागि क्वारेन्टाइनमानै राखिएको छ ।

कोरोना संक्रमित युवाको  बरपानीमा रहेको घर सिल गरेर परिवारलाई पनि क्वारेन्टाइनमा राखिने कट्टेलले जानकारी दिए । माइनगरपालिकामा कोरोना संक्रमित १ जना थपिएसँगै इलाममा संक्रमितको संख्या ८ पुगेको छ । दुईजना संक्रमित निको भएर घर फर्किसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com