पाकिस्तानमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो



प्रकाशित मिति : Jun 28, 2020

एजेन्सी, १४ असार । पाकिस्तानमा पछिल्लो २४ घण्टामा ४ हजार ७२ कोरोनाको नयाँ केसहरु भेटिएको छ । यो संगै त्यहाँ संक्रमितको संख्या २ लाख २ हजार ९ सय ५५ पुगेको छ ।पाकिस्तानको पञ्जाव र सिन्ध प्रान्तमा कोरोनाको संक्रमणले सबै भन्दा बढी प्रभावित भएको छ । राजधानी इस्लामाबादमा पनि अहिले सम्म १२ हजार भन्दा बढी संक्रमितको पुष्टि भइसकेको छ ।

पाकिस्तानमा अहिलेसम्ममा ४ हजार एक सय १८ मानिसहरुको कोरोनाबाट ज्यान गएको छ । जसमध्य पछिल्लो २४ घण्टामा ८३ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानका स्वास्थ्य विभागले प्रतिदिन औसतमा २५ हजार कोरोना परीक्षण गरिरहेको दाबी गरेको छ ।

स्वास्थ्य विभागका अनुसार अहिले सम्म ९२ हजार ६ सय २४ बिरामीहरु उपचारपछि निको भएर घर फर्किएका छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोरोना भाइरसको महामारीको समयमा आफ्नो टीमले काम गरेकोमा आफू खुसी रहेको बताए ।

इमरानले आफ्नो ट्वीटमा लेखेका छन्, “यदि सबै व्यक्तिले सरकारका दिशानिर्देशन अनुशरण गरेमा हामी यो महामारीबाट हुने सबैभन्दा खराब अवस्थाबाट बच्न सक्छौं।”


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com