कोरोना रोकथामको लागि श्रीलंकामा लगाइएको कफ्र्यु पूरै हटाइयो



प्रकाशित मिति : Jun 28, 2020

एजेन्सी, १४ असार । श्रीलंका सरकारले कोरोना भाइरसको संक्रमणको रोकथामका लागि मार्च महिनादेखि लगाएको कफ्र्यू पूरै हटाउने निर्णय लिएको छ ।

स्थानीय प्रशासनका अनुसार दिनको कर्फ्यू बिस्तारै अन्त्य गरिएको छ । यद्यपि मध्यरात अगाडि चार घण्टा सम्म केहि प्रतिबन्ध लगाइएको थियो ।

स्थानीय अधिकारीहरूले व्यक्तिहरूलाई व्यक्तिगत स्तरमा सावधानी अपनाउन र सामाजिक दूरी जस्ता आवश्यक नियमहरू अनुशरण गर्न आग्रह गरेका छन् । अब कर्फ्यू पूर्ण रूपमा हटाइसकिएको पनि उनीहरुको भनाइ छ ।

कडा लकडाउन र व्यापक कोभिड परीक्षणले श्रीलंकालाई अन्य दक्षिण एसियाली देशहरू भन्दा कम मृत्यु दर कायम राख्न मद्दत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com