सोमालियामा मारिएका अल सबाबका कमाण्डर नेपाली !



प्रकाशित मिति : Jun 28, 2020

काठमाडौं, १४ असार । सोमालियामा मारिएका अल सबाबका कमाण्डर नेपाली नागरिक रहेको जनाइएको छ ।

असरफ अज्मी अबु हमदानको ज्यान गएको सोमालियाको सञ्चार माध्यमले जनाएको छ । उनको ज्यान दक्षिणी सोमालियाको मध्य जुबा क्षेत्रमा सशस्त्र बलको सैन्य कारबाहीमा गएको बताइएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाको अनुसार उनी नेपाली हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार असरफ अज्मी अबु हमदान इस्लामिक समूहका वरिष्ठ प्रशिक्षक रहेका थिए । उक्त हमलामा कमान्डर हमदानको साथमा अन्य तीनजना लडाकुको पनि ज्यान गएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले नेपाली भनिएता पनि उनी नेपाली हुन् या होइनन भन्ने बारे अहिले सम्म नेपाल सरकारले औपचारिक प्रतिक्रिया केही जनाएको छैन ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com