१४ असार २०७७, आईतवार

जनकपुरधाम, १४ असार । नेकपा नेतृत्वको सरकारले ल्याएको नागरिकता विधेयक खारेजीको माग गर्दै नेपाली कांग्रेसका भातृ संगठन नेपाल महिला संघले जनकपुरमा विरोध प्रदर्शन गरेको छ ।

नेकपा नेतृत्वको सरकारको महिला विरोधी विभेदपूर्ण विधेयकविरुद्ध नेपाल महिला संघकी उपाध्यक्ष सरिता सिंहको नेतृत्वमा नेपाली कांग्रेसको पार्टी कार्यालयबाट विरोध -याली निकालिएको महिला संघकी केन्द्रीय सदस्य निलम कर्णले बताईन् ।

पार्टी कार्यालयबाट निकालिएको उक्त विरोध ¥याली क्याम्पसचोक, मुरलीचोक, रामचोक हुँदै जनकचोकमा गई कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेपाल महिला संघकी क्षेत्रीय सचिव सम्झना वर्माले नेकपाको निर्णयले लैंगिक समानताको खिल्ली उडाएको आरोप लगाइन ।

उनले विधेयक खारेज नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिइन । प्रदर्शनको क्रममा महिलाहरुले बैबाहिक अंगीकृकत नागरिकताको सात वर्षे प्रावधान खारेज गर, महिलामाथिको विभेद अन्त्य गर, रोटीभेटीको सम्बन्ध बिगार्न पाइदैन्, मधेशीमाथिको अत्याचार बन्द गर लगायतका नारा लगाएका थिए ।

-यालीमा प्रदेशसभा सदस्य प्रमिला दास, नेपाल महिला संघकी केन्द्रीय सदस्य निलम कर्ण, जिल्ला सदस्य अनिता श्रीवास्तव, क्षेत्रीय सचिव सम्झना वर्मा, महिला नेतृ किरण झा, रिंकू साह, अंजना चौधरी, सीता श्रेष्ठ, बबिता श्रेष्ठ, गीता भण्डारी लगायतकाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV