१४ असार २०७७, आईतवार
  • मनिराज पाण्डे,

कालिकोट, १४ असार । कर्णाली प्रदेशमा कोरोना जितेर २२ जना घर फर्किएका छन् । चौकुने आइसोलेसन सेन्टर सुर्खेतबाट १२ जना, प्रदेश अस्पताल सुर्खेतको आइसोलेसन सेन्टरबाट ६ जना, कालिकोट अस्पताल कालिकोटबाट ३ जना, चौरजाहरी अस्पताल रुकुम पश्चिमबाटबाट १ जना गरी कुल २२ जना कोरोना जितेर घर फर्किएका छन् ।

कर्णाली प्रदेशमा आजसम्म कोरोना जितेर घर फर्किनेहरुको संख्या ९ सय ५६ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणबाट रुकुम पश्चिमका १ जना र सल्यानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ४ सय २८ पुगेको छ ।

कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तीमा कुल संक्रमित संख्या १ हजार ४ सय ४० उल्लेख थियो । कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालय स्वास्थ्य महाशाखाले कर्णाली प्रदेश बाहेकका जिल्लाहरुका १४ जना संक्रमितहरुको संख्या घटाएपछि पुनः आज संक्रमितको संख्या घटेको हो ।

कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकामध्ये ६ जनाको मृ’त्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV