१४ असार २०७७, आईतवार

काठमाडौं, १४ असार । गायक राम कुमार नेपालीको नयाँ गीत सार्वजनिक भएको छ । मनोज केसी ‘समय’को शब्द तथा राजेश बर्देवाको संगीतमा ‘कहिले बन्छ देश’ गीतको भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक ‘कहिले बन्छ देश’ गीतलाई विनोद बाजुरालीले एरेञ्ज गरेका हुन्, भने दीपक संगम बीसीले रेकर्ड गरेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा गायक राम कुमार नेपाली र श्रेया गौतम फिचर्ड छन् । भिडियोलाई डीआर सुजनले निर्देशन गरेका हुन् । रक कुशलले छायाङकन गरेका गीतको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV