सुन अहिलेसम्मकै महंगो, अझै बढ्न सक्ने



प्रकाशित मिति : Jun 28, 2020

काठमाडौं, १४ असार । सुनको भाउ अहिलेसम्मकै महंगो भएको छ । सुन आज तोलामा ७ सय रुपैयाँ बढेर ९१ हजार ३ सय रुपैयाँ पुगेको हो ।

गत शुक्रबारको तुलनामा तोलामा ७ सय रुपैयाँले बढेको हो । शुक्रबार तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो । गत बुधबार सुनको भाउ ९१ हजार १ सयमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुनको भाउ पनि ९० हजार ८ सय ६० तोकिएको छ । शुक्रबार ९० हजार १ सय ६० तोकिएको थियो । चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर ९ सय ४५ कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भएकोले नेपालमा पनि त्यसको असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ बढेपछि बजारमा सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै छ । सुन किन्नेभन्दा बेच्न खोज्नेहरु बढेका व्यवसायीले बताउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com