स्याङ्जामा पहिरोमा पुरिएर एक जनाको मृत्यु



प्रकाशित मिति : Jun 28, 2020

स्याङ्जा, १४ असार । स्याङ्जामा गएराति आएको पहिरोमा पुरिएर एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएको जनकारी अनुसार जिल्लाको गल्याङ नगरपालिका–९ साङ्लियाका ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो ।

घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर यमबहादुर गम्भीर घाइते भएका थिए । उपचारका लागि गल्याङ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।

यमबहादुरका श्रीमती र एक छोरा छन् । पहिरोमा परि उनकी श्रीमती समेत घाइते भएकी छन् । उनकी श्रीमतीलाई पाल्पास्थित मिसन अस्पतालमा उपचारका लागि लगिएको छ । उनको छोराको अवस्था सामान्य रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com