१४ असार २०७७, आईतवार

काठमाडौं, १४ असार । तत्काललाई संकट टर्यो भनिएको बालीनाशक सलह कीरा शनिबार भारतबाट नेपाल प्रवेश गरेपछि यसको नियन्त्रण गर्ने सम्बन्धमा आज विज्ञहरुको बैठक बस्दैछ ।

यसअघि सलह नेपाल प्रवेश नै नगरी कृषि मन्त्रालयले नेपाल प्रवेश गरे यसको सवाधान कसरी गर्ने भन्ने सम्बन्धमा अध्ययन कार्यदल गठन गरेको थियो । सोही कार्यदलले यसको अनुशन्धान गर्ने भनिएतापनि आज कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतामा विज्ञ सहितको सम्मेलित टोलीको बैठक बसिरहेको बताइएको छ ।

नेपालमा सर्बप्रथम शनिबार (हिजो) भारतको सीमावर्ती ३ जिल्लाहरु बारा, पर्सा र सर्लाहीमा प्रवेश गरेको हो । यसअघि भारतमा सलह कीरा ठूलो समुहमा भित्रिए पनि नेपालमा यसको प्रवेश तत्काललाइ टरेको बताइएको थियो । तर शनिबार भारतीय भूमि हुँदै उक्त कीरा बाराको डुमरवाना, पर्साको पर्सागढी र सर्लाहीको नलवपुर लगायतका क्षेत्रमा प्रवेश गरेको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको थियो ।

त्यस्तैगरी आज आइतबार बिहानसम्ममा पाल्पा, मकवानपुर, सिन्धुली लगायतका पहाडी जिल्लामा पनि सलह किरा देखिएको छ । पूर्वदेखि पश्चिम बहिरहेको हावा पछिल्लो केही दिनयता दक्षिण देखि उत्तरतर्फ बहेकाले भातरमा आएका सलहको झुण्ड तिरबिर भएर नेपाल प्रवेश गरेको विज्ञहरुको भनाइ छ । शनिबारबाट मात्रै नेपाल प्रवेश गरेको सलहले नेपालमा के कति क्षति पुर्यायो भन्नेबारेमा मन्त्रालयसँग कुनै तथ्याङ्क भने रहेको छैन् ।

६० वर्ष पहिला काठमाडौं उपत्यकामा सलह भेटिएको जानकारहरु बताउछन् । तर त्यो समयमा पाइएका भन्दा अहिले भारतबाट प्रवेश गरेको सलह २० गुण ठूलो रहेको छ । फट्याङ्ग्रा प्रजातीमा पर्ने सलह एक बालीनाशक कीरा हो । सलह कीराले बिरुवाका पात, फल, बिरुवाको हाँगा खाएर बोट नै सखाप पार्ने गर्दछ ।

सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने विज्ञहरु बताउँछन् । यीनीहरु करोडौंको संख्यामा हुल बजनाएर जता हावा वहन्छ त्यतै उड्ने कीरा हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV