१३ असार २०७७, शनिबार
  • सन्तोष काफ्ले

सुनसरी, १३ असार । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारदेखि औषधि अभावसम्मका समाचार न्यूज २४ टेलिभिजनमा प्रसारण भएपछि अहिले अभावमा परेकाहरुलाई सहयोग आउन थालेको छ ।

लगातारको लकडाउनका कारण हप्तामा दुई दिन मृगौला रोगीहरुले डाइलासिस गर्नुपर्ने अवस्था रहे पनि आर्थिक अभावका कारण औषधि खरिद गर्न तथा खान समेत समस्यमा भएको समाचार न्यूज २४ टिभी असार १२ गते प्रसार गरेपछि विभिन्न सघ संस्थाले उनीहरुलाई औषधिलगायतका आवश्यक सामग्री सहयोग गरेका हुन् ।

लाइन क्लब अफ घोपा युनाइटे, लियो क्लब अफ धरान घोपा क्याम्प युनाइटेड लविपुर, र अपांग तथा असहाय पुनस्र्थापना केन्द्र धरानले उनीहरुलाई एक महिनाको औषधिसहित राहत समेत उपलब्ध गराएको छ । उनीहरुले विरामीहरु बसोबास गर्दै आएको प्रतिष्ठानको कलेज भवनमा पुगेर विरामीलाई यसरी औषधि उपलब्ध गराएका हुन् ।

औषधि अभावमा विरामीहरुले सहज रुपमा डाइलासिस गर्न नपाएको समाचार न्यूज २४ टिभीमा प्रसारण भएपछि उनीहरुलाई सहज होस् भनेर एक महिनाको औषधिसहित राहत सामग्री वितरण गरिएको अपांग तथा असहाय पुनस्र्थापना केन्द्र धरानका निर्देशक सुनिल खड्काले बताउनुभयो ।

लकडाउनका कारण महिनौ कलेजको भवनमा बस्दै कष्टपूर्ण ढंगबाट मृगौलाको उपचार गराउदै आएका सर्वसाधारणहरु भने सामाजिक संघ संस्थाले यसरी भवनमै आएर सहयोग पु¥याएकोमा खुशी व्यक्त गरेका छन् । मृगौला विरामीका आफन्त बेलबारीकी कमला राईले निःशुल्क पाएको औषधिले ठूलो राहत मिलेको बताउनुभयो ।

श्रीमान रामबहादुर राइसंगै लकडाउन भएदेखिसंगै बस्दै आउनुभएकी कमलाले विगतमा असहज अवस्था भए अहिले सहयोगी हातहरु बढेपछि भने सहज भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV