१३ असार २०७७, शनिबार
  • उत्तम पौडेल,

पोखरा, १३ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ५४ पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परीक्षणमा थप १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको बताइएको छ ।

थपिएका संक्रमितहरुमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ३ महिला र ३ पुरुष, पोखरा महानगरपालिकाका ५ महिला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा स्याङ्जा भीरकोट गाउँपालिकाका २ पुरुष तथा गल्याङ नगरपालिकाका ३ पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV