१३ असार २०७७, शनिबार

एजेन्सी, १३ असार । इजिप्टको सरकारले लकडाउन सम्बन्धी प्रतिबन्धहरू कम गर्दा एक पछि अर्को समस्या झेल्दी आएको छ । यही अवस्थाबीच त्यहाँ आजदेखि जिम, थिएटर र क्याफेहरू खोल्न अनुमति दिइएको छ।

पछिल्लो हप्तामा, बढ्दो संक्रमणको नयाँ केसहरूको बाबजुद, इजिप्टको सरकारले लगातार लकडाउनलाई खुकुलो बनाइरहेको छ । यो भन्दा पहिला सबै मस्जिद र गिर्जाघरहरू खोल्न अनुमति दिइएको थियो । यद्यपि भक्तहरूले मास्क लगाएपछि मात्र आराधनाका लागि जान अनुमति दिइएको छ ।

इजिप्टको सरकारले महामारीविरूद्ध लड्नका लागि कडा आलोचनाको सामना गर्नु परेको छ । विशेष गरी स्वास्थ्यकर्मीले जो ड्युटीमा हुँदा आवश्यक पर्ने चिकित्सा सामग्री पाउन अझै असमर्थ बनिरहेका छन् ।

इजिप्टमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १८ हजार पुगेको छ । त्यस्तै ७ सय ८० जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV