१३ असार २०७७, शनिबार
  • मनिराज पाण्डे,

कालिकोट, १३ असार । कर्णाली प्रदेशमा कोरोना जितेर २ सय १४ जना घर फर्किएका छन् ।

नौमुले आइसोलेसन सेन्टर दैलेखबाट १ सय ३२ जना, तत्लोडुगेश्वर आइसोलेसन सेन्टर दैलेखबाट ६३ जना, दैलेख अस्पताल नारायण आइसोलेसन सेन्टरबाट ९ जना, ठाँटीकाँध आइसोलेसन सेन्टर दैलेखबाट १ जना, सालकोट आइसोलेसन सेन्टर सुर्खेतबाट ८ जना, र रुकुम पश्चिम अस्पताल रुकुम पश्चिमबाट १ जना गरी कुल २ सय १४ जना कोरोना जितेर घर फर्किएका छन् ।

कर्णाली प्रदेशमा आज सम्म कोरोना जितेर घरफर्किनेको संख्या ९ सय ३४ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।

आजै थप सुर्खेतका ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ४ सय ४० पुगेको छ । कोरोना संक्रमण पुष्टि भएका मध्य ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV