१३ असार २०७७, शनिबार
  • शिव डुम्रे,

बुटवल, १३ असार । भारतमा किसानहरुको प्रमुख सत्रुको रुपमा रहेको सलह कीरा नेपालको प्रदेश २ का बारा र पर्सा जिल्लामा देखिएको सलह कीरा प्रदेश नम्बर ५ मा पनि प्रवेश गरेको आशंका गरिएको छ ।

प्रदेश ५ को रुपन्देही जिल्लासहित भारतसंग सीमा जोडिएको केहि क्षेत्रमा पनि सलह कीरा भेटिएको आशंका गरिएको छ ।

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाका अनुसार किसानहरुबाट कीरा भेटिएको कुरा आएको र यस विषयमा अनुसन्धान जारी रहेको छ ।

शनिवार साँझ सम्ममा यो विषयमा अन्तिम अनुसन्धान नतिजा आउने कृषि विकास निर्देशनालय प्रदेश ५ का प्रमुख याम नारायण देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV