१३ असार २०७७, शनिबार

एजेन्सी, १३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी सभाको समाचार संकलन गर्ने एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रिपोर्टर पल मोनिजले आफू संक्रमित भएको सामाजिक सञ्जाल ट्वीटर मार्फट जानकारी दिएका छन् । पलले ट्विटरमा लेखे, ‘म स्तब्ध छु, मसँग कुनै लक्षण थिएन, म धेरै स्वस्थ थिए, तर पनि मलाई कोरोना संक्रमण देखिएको छ । ’
पल ६ घण्टासम्म र्यालीमा रहेको बताएका छन् ।

पलले मास्क लगाएको र सामाजिक दूरी पनि पछ्याइरहेको बताए । उनले भने, ‘जब म खाजा लिन गए, त्यहाँ भीड थियो र कसैले पनि सामाजिक दूरीको अनुशरण गरिरहेका थिएनन्, जस कारण मलाई कोरोना सरेको हुनसक्छ । ’मोनिजले आफु कतिखेर पनि राष्ट्रपति ट्रम्पको नजिक नगएको पनि बताएका छन् ।

ओक्लाहोमा शहर काउन्टी स्वास्थ्य विभागमा एक छानबिनपछि पल कोरोना संक्रमित फेला परेका हुन् । स्थानीय एक महामारीविद्का अनुसार जुलुसमा उनी जसको सम्पर्कमा थिए तिनीहरुको बारेमा पत्ता लगाउन गार्हो हुनेछ ।

ओक्लाहोमा र्यालीका लागि काम गरिरहेका ट्रम्पको अभियानका छ कर्मचारी र सेक्रेट सर्भिस वर्किंगका दुई कर्मचारी पनि कोरोना संक्रमित पाइएका छन् ।

तुल्सा शहर काउन्टी स्वास्थ्य विभागका कार्यकारी निर्देशक डा। ब्रुस डार्टले भनेका छन्, ‘कुनै पनि जुलुस र सभाको आयोजना गर्न दिनु हुँदैन किनकि संक्रमण यही जुलुस र सभाबाट छिटो फैलिरहेको छ । ’

प्रतिक्रिया दिनुहोस्

LIVE TV