१३ असार २०७७, शनिबार

एजेन्सी, १३ असार । पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख ९८ हजार भन्दा बढी पुगेको छ । त्यहाँ कोरोनाबाट ज्यान जानेको संख्या ४ हजार बढी पुगेको छ ।

पाकिस्तानमा पछिल्लो एक दिनमा ३ हजार एक सय ३८ केस फेला परेको छ भने ७४ जनाको ज्यान गएको छ । पाकिस्तानमा कोरोनाको कारण सबै भन्दा बढी ज्यान जाने प्रान्त पञ्जाब रहेको छ ।

त्यहाँ एक हजार ६ सय ५६ जनाको ज्यान गएको छ । सबैभन्दा बढी संक्रमित रहेको सिन्ध प्रान्तमा रहेका छन् । त्यहाँ ७६ हजार ३ सय १८ संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV