१३ असार २०७७, शनिबार
  • कृष्ण पाण्डे

बुटवल, १३ असार । सवारी दुर्घटनामा बुटवलमा दुई जनाको मृत्यु भएको छ । राजमार्गमै रोकिराखेको ट्रकमा पिकअप भ्यान ठोक्किँदा दुईजनाको ज्यान गएको हो ।

दुर्घटनामा परी बुटवल–११ कालिकानगरका २१ वर्षिय सुशील कुँवर र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । पुर्व–पश्चिम राजमार्ग अन्तरगत रामनगरमा रोकिराखेको ना ६ ख ६२४ नम्बरको ट्रकमा बा १४ च ६८७९ नम्बरको पिकअप भ्यान गएराति ठोक्किएकाे थियाे ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडी ट्रकमा ठोक्किँदा गुरुङको घटनास्थलमै र कुँवरको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक गोबिन्दप्रसाद रेग्मीले जानकारी दिए । पिकअप भ्यानका चालक बुटवलका २५ वर्षीय गोपाल दंगाल भने सामान्य घाइते भएका छन् ।

पुर्वतर्फ जाँदै गरेको ट्रक बिग्रिएर मर्मतका लागि वडा प्रहरी कार्यालय रामनगर नजिकै सडकमै रोकेर राखेको अवस्थामा दुर्घटना भएको रेग्मीले बताए । सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV