१३ असार २०७७, शनिबार
  • उत्तम पाैडेल

पाेखरा, १३ असार । गण्डकी प्रदेशमा थप ३२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । अध्यावधिक विवरण अनुसार प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८३८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पत्ता लागेकाे हाे । थपिएका संक्रमित तीन जिल्लाका रहेका छन् ।

निर्देशनालयका अनुसार बाग्लुङको ढोरपाटन नगरपालिकाका १ पुरुष र काठेखोला गाउँपालिकाका ७ जना पुरुषमा संक्रमण देखिएको छ । यस्तै, स्याङ्जाको पुतलीबजार नगरपालिकाका  तथा विरुवा गाउँपालिकाका १-१ जना पुरूष र अर्जुनचौपारी गाउँपालिका १ जना महिला र १ बालकसहित १३ जनामा संक्रमण पुष्टि भएको हो । स्याङ्जाकै वालिङ नगरपालिकाका एक पुरुषमा पनि संक्रमण देखिएको  छ भने नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाका २ पुरुषमा पनि संक्रमण देखिएको बताइएकाे छ ।

थपिएका संक्रमितमध्ये  हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका व्यक्तिहरु आईसोलेसनमा बसिसकेका छन् भने अन्य पालिकाका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको जनाइएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV