१२ असार २०७७, शुक्रबार

नयाँदिल्ली, १२ असार । भारतको नागरिक उड्डयन विभागले यात्रुवाहक अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्धलाई आगामी जुलाई १५ सम्म बढाएको छ ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै नागरिक उड्डयन विभागले यो भारत आउने र भातरबाट अन्य देश जाने सबै विमानलाई लागू हुने उल्लेख गरेको छ ।

तर कार्गो र भारतीय उड्ड्यन विभागसंग अनुमति लिएका उडानहरुको हकमा भने यो लागू हने छैन । यसैगरी भारतको दिल्ली सरकारले दिल्लीका सबै विद्यालयहरु ३१ जुलाईसम्म बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV