१२ असार २०७७, शुक्रबार
  • सन्तोष काफ्ले,

धरान, १२ असार । देशभरका अस्पतालले कोरोना भाइरस संक्रमणलाई प्राथमिकता दिएपछि अन्य रोगका विरामीलाई समस्या हुन थालेको छ । कतिले त सामान्य उपचार समेत नपाएर ज्यान गुमाउनु परेको छ ।

त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोनाका कारण उपचार नपाएर ५० जना मिर्गौला पीडित लामो समयदेखि डाइलासिसको पालो कुरिरहेका छन् । देशभरका अस्पताल कोरोना भाइरसको प्राथमिकतामा छन् । तर, अन्य सेवामा अस्पतालको ध्यान जान सकेको छैन ।

दीर्घरोग भएका, लगातार उपचार गराउनुपर्ने विरामी सबैभन्दा मर्कामा परेका छन् । मृर्गौला पीडित पनि समस्यामा छन् । लकडाउनका कारण औषधि नपाउने र पाएको औषधि समेत महंगो हुनेभएकाले मृर्गाैला रोगिहरुलाई पीडित बनेका छन् ।

सरकारले निशुल्क उपलब्ध गराएको औषधि समेत अहिले आफै महंगो शुल्कमा किन्न परेको पीडितहरुको भनाइ छ । अन्य ठाउँमा उपचार गराउन नसक्ने आर्थिक अवस्था कमजोर भएका मिर्गौला पीडितहरु लामो समयदेखि डाइलासिस गराउन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार कक्षमा पालो कुर्न बाध्य छन् ।

धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलासिस गर्नको लागि ५० जना भन्दा वढि मृगौला रोगीहरु पालो कुरिरहेका छन् । लामो समयदेखि उपचार नपाएर बसेकाहरुलाई खान बस्नको समेत समस्या भएको उनीहरुको गुनासो छ ।

यस्तै मिर्गाैला रोगको उपचारमा सरकारबाट निशुल्क पाउने औषधि समेत अहिले पाउन सकेका छैन् । भने वीपी कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान वाहिरका औषधि पसलबाट किन्दा सारै मंहगो हुने गरेको पीडितका आफन्तहरुको भनाइ छ ।

बन्दकै कारण अहिले पूर्वी पहाडी जिल्ला तथा अन्यत्रबाट यसरी अलपत्र भएर बस्नेका संख्या बीपीमा ५० भन्दा बढी छन् ।

आर्थिक अवस्था कमजोर भएकार निशुल्क उपचार गराउन वीपी कोइरोला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएपछि समयमै उपचार नहुँदा खान बस्नको समेत समस्या भएको उनीहरुको दुःखेसो छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV