१२ असार २०७७, शुक्रबार

काठमाडौं, १२ असार । सरकारले क्वारेन्टाइन व्यवस्थापनका लागि हालसम्म १३ करोड रुपैयाँ खर्च गरेको छ । कोरोना रोकथाम, उपचार र क्वारेन्टाइन व्यवस्थापनका लागि प्रदेश सरकारलाई १५ करोड ७५ लाख रुपैयाँ र स्थानीय सरकारलाई १ करोड २५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

तर, देशभर रहेको क्वारेन्टाइनहरुको अवस्था भने भद्रगोल छ । मानिसहरु उपचार नपाएर क्वारेन्टाइनमै ज्यान गुमाउन बाध्य छन । कोरोना भाइरस नियन्त्रणका लागि बनेका देशका विभिन्न क्वारेन्टाइनहरु कहाली लाग्दो छ ।

बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकले उपचार नपाएर ज्यान गुमाए । भारतको मुम्बईमा रहेका ती युवक अनेक दुःखकष्ट झेल्दै नेपाल आइपुगे तर आफ्नो आँगन सम्म टेक्न पाएनन् ।

दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवकले समयमा उपचार नपाउँदै क्वारेन्टाइनमा ज्यान गुमाए । उनी भारतको गुजरातबाट आएर क्वारेन्टिनमा बसेका थिए । नगरपालिकाले सञ्चालन गरेको आइसोलेशनमै बसेका धनुषाको हंसपुर नगरपालिका–७ का १४ वर्षिय किशोर राजु सदा लाइ झाडा पखाला लाग्यो र उपचार नपाएर ज्यान गुमाउनु प-यो ।

कैलालीको क्वारेन्टिनमा एक जना महिला बलात्कृत भइन । यि घटना हरुले क्वारेन्टाइनहरुको अवस्था चित्रण गर्छ । यता, तीनवटै तहका सरकारले मिलेर कोरोना रोकथाम र उपचारका लागि करौंडौ रुपैया खर्च गरेका छन् ।

खर्च गरेको देखिए पनि कतिपय क्वारेन्टाइनमा खानेपानी र शौचालय समेत छैन । सरकारले खर्च गरेको भनेको क्वारेन्टाइनहरुमा खाना र पानीको समेत समस्या छ । यता स्थानीय तहका जनप्रतिनिधिले भने संघीय र प्रदेश सरकारले बेवास्ता गर्दा यस्तो अवस्था भएको आरोप लगाउँछन ।

क्वारेन्टाइनमा बस्ने सम्भावित संक्रमितहरु हुन, त्यसैले उनिहरुलाई पौष्टिक खानेकुरा आवश्यक पर्छ भने सरसफाई त अझ महत्वपूर्ण हुन्छ । तर, यहाँ अवस्था उल्टो छ । यदि समयमै व्यवस्थित गरिएन भने कोरोना लगायत अन्य रोगको संक्रमणको गढ़ क्वारेन्टाइन बन्छ । र कैयौँले अकालमा ज्यान गुमाउनु पर्ने हो, कसैलाई थाहा छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV