१२ असार २०७७, शुक्रबार
  • उत्तम पौडेल,

काठमाडौं, १२ असार । गण्डकी प्रदेशमा थप १४ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश, पोखराका अनुसार शुक्रबार साँझ ८ बजे थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

लमजुङको मध्य नेपाल नगरपालिकाका ५८, ५८, २९, ३१ र ४५ वर्षीया ५ जना पुरुष र बेशी शहर नगरपालिकाका ५९ वर्षीय १ पुरुष गरी ६ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै, कास्कीको मादी गाउँपालिकाका २३ वर्षीय १ पुरुषमा पनि कोरोना पुष्टि भएको हो ।

यता गोरखाका पालुङटागर नगरपालिकाका २० र २४ वर्षीय २ जना पुरुष, भीमसेन थापा गाउँपालिकाका २१, १७ र २५ वर्षीय पुरुष गरी ५ जनामा कोरोना पुष्टि भएको छ ।

यता पर्वत जिल्लाको फलेवास नगरपालिकाको ७० वर्षीय १ पुरुष मोदी गाउँपालिकाका २३ वर्षीय १ पुरुष गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितहरुको कुल संख्या ८०६ पुगेको छ । हाल उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेशनमा लैजाने तयारी भइरहेको जानकारी गराइएको छ ।

यसैबीच पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको आइसोलेशनमा उपचाररत कास्कीका १० जना पुरुष र ४ जना महिला, पर्वत र गोरखाका १–१ जना पुरुष र स्याङ्जाका १ जना महिला गरी १७ जना ठीक भएर डिस्चार्ज भएका छन् । योसँगै गण्डकी प्रदेशमा हालसम्म ११८ जना संक्रमितहरु ठीक भएर डिस्चार्ज भएसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV