१२ असार २०७७, शुक्रबार

एजेन्सी, १२ असार । विश्व स्वास्थ्य संगठनले यूरोपमा पछिल्लो महिनाहरुमा देखिएको कमीका बाबजुद पुनः कोरोना भाइरसको संख्या बढेकोप्रति चिन्ता जाहेर गरेको छ ।

संगठनका क्षेत्रीय निर्देशक डाक्टर हान्स हेनरी क्लूगले भने, यूरोपमा ११ देशमा अचानक संक्रमणको मामिलामा तीव्र गतिमा उछाल आएको छ , जस्मा आर्मीनिया, स्वीडेन, माल्दोभा र नर्थ मैसिडोनिया छन ।

उनले भने, भाइरसको प्रकोप फेरि देखा परेकोलाई लिएर उनले चेतावनी दिएका थिए, जुन अहिले बास्तविकतामा परिणत भएको छ । उनले अथाडि थपे, यदि यसलाई लिएर सचेत नभए ति देशका स्वास्थ्य प्रणाली भत्किनेछ ।

विश्व स्वास्थ्य संगठनको यूरोपेली संघमा पर्ने ५४ देशहरुमा हालसम्म २६ लाख भन्दा बढी संक्रमणको पुगेको छ । त्यस्तै एक लाख ९५ हजार मानिसहरुले ज्यान गुमाइसका छन् । ति क्षेत्रमा दैनिक औसतमा २० हजार नयाँ संक्रमित र ७ सयको ज्यान गएको तथ्यंकमा उल्लेख छ ।

डाक्टर क्लूगले भने,“विगत केहि हप्तादेखि मैले यस्ता अवसरहरूमा यस प्रकोपको शीर उठाउने चेतावनी दिइरहेको छ, जब यी देशहरूले आफ्नो प्रतिबन्ध परिवर्तन गर्न कदम चाल्दै छन्। यो चेतावनी युरोपका धेरै देशहरूमा सत्य भएको छ। गत दुई सातामा ३० वटा देशहरूमा नयाँ घटना बढेको छ, ११ देशहरूमा तीब्र गतिमा बढेका छन् । ”

प्रतिक्रिया दिनुहोस्

LIVE TV