१२ असार २०७७, शुक्रबार

काठमाडौं, १२ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्षद्वयका लागि राखिएको सोफा हटाइएको छ ।

नेताहरुले सामन्तवाद प्रवृत्ति भएको भन्दै विरोध गरेपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललका लागि मञ्चमा राखिएको सोफा हटाइएको हो । उक्त मञ्चमा अध्यक्षद्वयका लागि सोफा राखिएको थियो, भने अन्य नेताहरुका लागि कुर्सी राखिएको थियो ।

स्थायी कमिटी बैठकको दोस्रो दिन नेता भीम रावलले अध्यक्षद्वयका लागि छुट्टै सोफा किन राखिएको भन्दै प्रश्न गर्नुभएको थियो । त्यस्तै, उहाँले सामन्तवादी प्रवृति भएको भन्दै उक्त सोफा हटाउन माग गर्नुभएको थियो ।

यसरी उहाँले उक्त सोफा हटाउन माग गर्दै गर्दा अन्य सबै नेताहरुले ताली बजाएर समर्थन गरेका थिए । त्यसोत, बैठकको पहिलो दिननै बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष र अन्य सदस्यहरुका लागि फरक–फरक सिट राखिएको भन्दै विरोध जनाउनुभएको थियो ।

त्यस्तै, नेता नारायणकाजी श्रेष्ठले पनि अध्यक्षद्वयका लागि छुट्टै र अन्य नेताहरुका लागि छुट्टै सिट राखेको भन्दै विरोध जनाउनुभएको थियो । सोफा हटाएर कुर्सी राखिएपछि कम्युनिष्ट पार्टीमा समानता लागू भएको भन्दै सदस्यहरुबीच चर्चा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV