कोरोनाका कारण विश्वव्यापीरुपमा सुनको मूल्यमा तेस्रो साता पनि वृद्धि



प्रकाशित मिति : Jun 26, 2020

एजेन्सी , १२ असार । विश्वव्यापीरुपमा कोरोना भाइरसको संक्रमणको बढ्दो घटनालाई लिएर चिन्ताको वातावरणको बीचमा लगातार तेस्रो हप्ता पनि सुनको मूल्यमा वृद्धि भएको छ ।

यद्यपि डलरको मूल्य स्थिर रहेको छ भने इक्विटी बजारमा भएको फाइदाले सुरक्षित लगानी विकल्पको माग कमजोर बनाएको छ । न्यूज एजेन्सी रोयटर्सका अनुसार शुक्रबार बिहान ११ बजेर २७ मिनेटमा २८.३४९५ ग्राम सुनको एक हजार सात सय ५८ डलर (२ लाख १२ हजार ५ सय ५१.८७) नेपाली रुपैयाँ रहेको छ ।

यस हप्ता सुनको मूल्य एक प्रतिशतले बढेको छ। बुधवार सुनको मूल्य एक हजार सात सय ७९ डलर र नेपाली (दुई लाख १५ हजार ९० रुपैयाँ ८८ पैसा) मा कारोबार भएको थियो । यो पछिल्लो आठ बर्षमा सुनको उच्च मूल्य वृद्धि हो।

सिंगापुरका डिलर गोल्डसल्भर सेन्ट्रलका प्रबन्ध निर्देशक ब्रायन लान भन्छन्, गिरावट आएको ब्याज दर र विश्वभरिका कोरोना संकट वातावरणको बीचमा हरेक देशका सरकारले सुनमा लगानी गरेपछि आम मानिसले पनि सुरक्षित लगानी विकल्पको रूपमा सुन नै चुनेका छन् । ’

ब्रयान लैनले थपे, ‘मूल्य लगभग १ हजार ७ सय ८० डलर अर्थात नेपाली २ लाख १५ हजार २ सय ११ रुपैयाँ ७९ पैसा सम्म पुगेपछि सुनको मूल्यमा केही गिरावट आएको थियो । यस्तो देखिन्छ मानिसहरु अब नाफा तिर ध्यान दिन थालिसकेका छन् ।’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com